९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

बिर्तामोडका विपन्न ज्येष्ठ नागरिकलाई कम्बल



झापा-बिर्तामोड नगरपालिकाले विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । नगर पालिकाको कार्यालयमा १ सय ६० जनालाई कम्बल वितरण गरिएको हो ।

नगरका सबै वडाबाट संकलन गरिएको नामका आधारमा जेष्ठ नागरिकलाई कम्मल वितरण गरिएको नगर पालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले जाडोले ज्येष्ठ नागरिक बढी पीडित हुने भएका कारण कम्बल वितरण गरिएको बताइन ।

नगरपालिकाले गएका वर्षहरुमा प्रत्येक वडाबाट १०÷१० जनाको दरले १ सय जनालाई कम्बल वितरण गर्दै आएको थियो । यस वर्ष यसको संख्या बढेको छ ।

नगरपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल लिन आउँदा जाँदा लाग्ने भाडाको समेत व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार ००:००  ६ : ५६ बजे