१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

कोरियन भाषा परीक्षामा ६ हजार भन्दाबढी उत्तीर्ण



झापा-रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत पहिलो चरणको भाषा परीक्षामा ६ हजार जना भन्दाबढी पास भएका छन् ।

उत्पादन क्षेत्रमा काम गर्न जान भाषा परीक्षा दिएकामध्ये ६३२१ जना उत्तीर्ण भएको दक्षिण कोरिया सरकारको मानव संसाधन विभागले जनाएको छ ।

पहिलो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीले दोस्रो चरणमा सिप परीक्षणका लागि तयार हुनुपर्ने भएको छ । वैशाख ९ देखि १५ सम्म उनीहरूको सीप परीक्षण हुनेछ ।

पहिलो चरणको भाषा परीक्षामा ४०,५८० जना सहभागी भएको इपीएस कोरिया शाखाले जनाएको छ । फागुन पहिलो सातादेखि चैत्र २४ सम्म उनीहरूको परीक्षा भएको थियो ।

भाषा परीक्षाका लागि १ लाख ६३ हजार ५३५ जनाले आवेदन दिएकोमा यो वर्ष १६ हजार चारसय जना छनौट गरेर पठाउने योजना छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार ००:००  ८ : १४ बजे