५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

आगलागीमा चार जनाको मृत्यु, एक जना घाइते



झापा-बर्दियाको गुलरियास्थित एउटा घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । गएराति गुलरिया नगरपालिका–४ स्थित तुलापुरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार आगलागीमा परी एक जना घाइते छन् ।

मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा छन् । २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राति साढे १० बजेतिर आगलागी भएको थियो । आगो राति नै नियन्त्रणमा आइसकेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार ००:००  ७ : ४९ बजे