बिर्तामोड-झापाको भद्रपुरमा एउटा नवजात शिशु वेवारिसे अवस्थामा फेला परेको छ । भद्रपुर–७ स्थित एमरेल्ड एकाडेमी नजिकै झाडीमा शिशु वेवारिसे अवस्थामा भेटिएको हो ।
स्थानीयले झाडीमा नवजात शिशु रोएको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । अवैध सम्वन्धबाट जन्मिएको शिशु (छोरो) झाडीमा फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
अहिले मेची प्रादेशिक अस्पतालका चिकित्सकको निगरानीमा शिशु राखिएको छ । शिशुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।