१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ज्यान मुद्दामा प्रदेश सांसद यादव जेल चलान



सप्तरी–कर्तव्य ज्यान र डाँका मुद्दाका आरोपित मधेश प्रदेश सभा सदस्य अनिरुद्धसिंह यादवलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।

मंगलबार सप्तरी जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले यादवलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा २०६४ सालदेखि मुलतबीमा रहेको मुद्दामा यादव पनि आरोपी रहेका छन् ।

उनीसहितकाले तत्कालीन नेगडा गाविस–५ का दीपु भन्ने गोविन्द चौधरीलाई अपहरण गरी गोली प्रहार गरी हत्या गरेको आरोप छ । यादवलाई सोमबार सप्तरी प्रहरीले पक्राउ गरेको थियो ।

गत प्रदेश सभा निर्वाचनमा उनी सप्तरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  ८ : २५ बजे