५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

यौनजन्य भिडियो सार्वजनिक भएपछि राईले पाएको ‘इन्ट्रिग्रिटी आइकन’ को सम्मान रद्द



झापा-कार्यालयभित्रै यौनजन्य अमर्यादित गतिविधि गर्ने इलामको माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले पाएको ‘इन्ट्रिग्रिटी आइकन’ को सम्मान रद्द भएको छ ।

यसअघि इलामको चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा उच्च कार्यसम्पादन गरेको भन्दै अकाउन्टबिलिटी ल्याब नामक संस्थाले उनलाई इन्टेग्रिटी आइकन नेपाल २०१९ बाट सम्मानित गरेको थियो ।

कार्यालयभित्रै सहकर्मी महिला कर्मचारीसँग अमर्यादित गतिविधि गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि संस्थाको बिहीबार बसेको बैठकले अवार्ड रद्द गर्ने निर्णय गरेको हो ।

राईको गतिविधिसँग इन्टेग्रिटी आइकन नेपालको नाम पनि जोडिएर आइरहेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार ००:००  ९ : २० बजे