७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

सहारा नाम अनुसारको काम : सभामुख घिमिरे



बिर्तामोड–सभामुख देवराज घिमिरेले सहकारीलाई नियन्त्रण होइन नियमन गर्नु पर्ने बताएका छन् । शनिवार झापाको बिर्तामोडस्थित सहारा नेपालको माइन्यूट प्रमाणीकरण सभामा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्

नियमनको दरिलो आधार तयार गरिनु पर्ने बताउँदै सभामुख घिमिरेले सहाराले नाम अनुसारको काम गरिरहेको भन्दै प्रशंसा गरे । सभामा संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले सहाराको सदस्य हुनु इज्यत, प्रतिष्ठा र गौरवको विषय भएको बताए ।

कोसी प्रदेशका १४ वटै जिल्लामा सहाराले सेवा केन्द्र विस्तार गर्ने तयारी गरेको कार्यकारी निर्देशक गिरीले जानकारी दिए । एक अर्व ६३ करोड १४ लाख शेयर पूँजी भएको सहारामा एकलाख ५७ हजार ६०६ जना सदस्य छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ००:००  ९ : ०३ बजे