बिर्तामोड-सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बुधबार सामुदायिक विद्यालयका विद्यार्थीलाई ब्याग वितरण गरेको छ।
सहकारी संस्थाको १३औं वार्षिक उत्सवको अवसर पारेर बिर्तामोड-९ स्थित सहिद लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई ब्याग वितरण गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थीलाई ब्याग वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिनुभयो ।
सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराईका अनुसार उक्त विद्यालयका १०८ जना विद्यार्थीले ब्याग पाएका छन् । सामुदायिक विद्यालयका विद्यार्थीको सहजताका लागि संस्थाले ब्याग वितरण गरेको हो ।
सिम्रिक सहकारीले समुदाय केन्द्रित सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै यसअघि जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको थियो ।