१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

सिम्रिक सहकारीद्वारा जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण



बाह्रदशी– सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले झापाको बाह्रदशी गाउँपालिकामा ब्ल्याङ्केट वितरण गरेको छ । अत्याधिक चिसो बढेपछि सहकारी संस्थाले ब्लाङ्केट वितरण गरेको हो ‌।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाह्रदशी गाउँपालिकाका १०० भन्दाबढी जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।

प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । जाडोको यो कष्टकर समयमा ब्लाङ्केट प्राप्त गरेपछि ज्येष्ठ नागरिक खुसी भएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार ००:००  ९ : २९ बजे