झापा-नेपाली काङ्ग्रेसले नेता कार्यकर्ता व्यवस्थापनका लागि ७२ वटा विभाग बनाउने तयारी गरेको छ । महामन्त्री गगन थापाको प्रस्तावमा काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विभागको संख्या बढाउने निर्णय गरेको हो ।
नेपाली काङ्ग्रेसको विधानमा ४८ वटा केन्द्रीय विभागको व्यवस्था छ । विभाग गठनको प्रारम्भिक प्रक्रिया अनुसार नेपाली काङ्ग्रेसले सूचना तथा प्रचार विभाग गठन गरिसकेको छ ।
भदौभित्रै बाँकी विभाग गठनको प्रक्रिया अगाडि बढाइने काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए । केन्द्रीय सदस्य बनाउन नसकिएका नेता कार्यकर्तालाई विभागीय जिम्मेवारी दिने तयारी काङ्ग्रेसले गरेको हो ।