१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बलात्कारका अभियुक्त कतारबाट पक्राउ : बुधबार नेपाल ल्याइयो



झापा-बलात्कार मुद्दाका एकजना फरार अभियुक्तलाई प्रहरीले कतारबाट पक्राउ गरेको छ । इन्टरपोलबाट रेड नाेटिस जारी गरी खोटाङको हलेसीका किरण राईलाई पक्राउ गरिएको हो ।

तुवाचुङ नगरपालिका-७ ठेगाना भएका १९ वर्षीय राई रेड नोटिस जारी भएको पाँच दिनभित्रै पक्राउ परेका हुन् । कतारबाट पक्राउ परेका राईलाई बुधबार नेपाल ल्याइएको छ ।

राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा बलात्कार मुद्दा दर्ता भएपछि अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेको खुलेको थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार ००:००  ९ : ११ बजे