१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मेचीनगरमा उपभोक्ता जागरण अभियानको पालिकास्तरीय समिति



मेचीनगर-मेचीनगरमा उपभोक्ता जागरण अभियान नेपाल झापा शाखा अन्तरगतको पालिकास्तरीय समिति गठन भएको छ । काँकरभिट्टामा बिहीवार आयोजित भेलाले समिति गठन गरेको हो ।

समाजसेवी महिला नेतृ रचना घिमिरेको नेतृत्वमा गठित नौ सदस्यीय समितिको उपाध्यक्ष पनिता अधिकारी ढकाल, सचिवमा निरु परियार, सहसचिवमा दीपा धिताल र कोषाध्यक्षमा मीरा काफ्ले सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा रीता घिमिरे, अनिता गुरागाई, सुष्मा राजबंशी र तारा आचार्य रहेका छन् । नजिकिँदै गरेको चाडपर्व र सीमा नाकामा राज्यले गरेको कडाईको बहानामा बजारमा खाद्यान्न, तरकारी, फलफूल लगायत दैनिक उपभोग्य वस्तुहरुको अस्वाभाविक ढंगले मूल्यवृद्धि भइरहेका बेला उपभोक्ताको तर्फबाट समिति बनाइएको छ ।

कृत्रिम अभाव र कालोबजारी भइरहेको जनगुनासो व्यापक बढेको कारण मेचीनगरमा समिति निर्माण गर्न बाध्य भएको उपभोक्ता जागरण अभियान नेपाल झापाका उपाध्यक्ष निलकण्ठ तिवारीले बताए ।

अभियानका झापा अध्यक्ष मोहन काजीको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि माइती नेपाल कोशी प्रदेश इन्चार्ज गोविन्द घिमिरे रहेका थिए ।

भेलामा प्रमुख अतिथि घिमिरे, अध्यक्ष काजी, जिल्ला सदस्य अर्जुन कार्की, नर्वनिर्वाचित नगर समितिकी अध्यक्ष रचना घिमिरे, नर्वनिर्वाचित पदाधिकारी र सदस्यहरुले उपभोक्ताहरुको हितमा स्थानीय सरकार र प्रहरी प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । भेलाको सञ्चालन सचिव विशाल थापाले गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार ००:००  ९ : १६ बजे