२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

झापा गोल्डकपमा शुक्रबार महिलालाई निःशुल्क प्रवेश



बिर्तामोड-झापा गोल्डकप व्यवस्थापन पक्षले शुक्रबार हुने खेलमा महिलालाई निःशुल्क प्रवेश दिने भएको छ ।अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गोल्डकप व्यवस्थापनले रङ्गशाला प्रवेशमा महिलासँग कुनै शुल्क नलिइने जनाएको हो ।

बिहीबार गोल्डकप व्यवस्थापनले शुक्रबारको खेलमा महिलालाई निःशुल्क प्रवेश दिने घोषणा गरेको थियो । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भइरहेको प्रतियोगितामा शुक्रबार महिलाले निःशुल्क प्रवेश पाउनेछन् ।

आयोजकका अनुसार शुक्रबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ एफसी आमनेसामने हुँदैछन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार ००:००  १० : २० बजे