१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बालिका बलात्कार आरोपमा चौधरी पक्राउ



इटहरी- मोरङमा १४ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । सुन्दरहरैंचा नगरपालिका ६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो । चौधरीविरूद्ध पुस १३ गते आफ्नै घरमा ल्याई बालिका बलात्कार गरेको उजुरी छ।

उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार ००:००  २ : ४४ बजे