बिर्तामोड-निर्माण व्यवसायी नयन बराल सम्मानित भएका छन् । नेपाल निर्माण व्यवसायी संघ झापाले मंगलवार बराललाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
गत फागुनमा राष्ट्रिय निर्माण दिवसको सन्दर्भमा निर्माण व्यवसायी महासंघबाट पनि बराल सम्मानित भएका थिए । उनी घ वर्गका निर्माण व्यवसायी हुन् । उनले उत्कृष्ट निर्माण सेवा सञ्चालन गरेका छन् ।
बराललाई नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामा, महासंघका महासचिव रोशन दाहाल, उपाध्यक्ष मोहनप्रसाद अधिकारी, निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन वस्नेत लगायतले दोसल्ला ओढाएका छन् ।
संघले व्यवसायी केदार गिरी, निमेशकुमार मित्तललाई सम्मानपत्र प्रदान गरेको छ ।