१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

धनुषकोटी धामको पिकनिकस्थलमा दुई समूहबीच खुकुरी हानाहान



झापा-झापाको धनुषकोटी धाममा सोमवार पिकनिकका दुई समूहबीच खुकुरी हानाहान भएको छ । घटनामा दुई युवा घाइते भएका छन् । मदिराको मातमा दुई समूह झडपमा उत्रिएका हुन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा अनुसार साँझ भएको झडपमा बिर्तामोड–५ का उमेश चौधरी र दीपक लिम्बू घाइते भएका छन् । उनीहरुको बिर्तासिटी र बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलबाट प्रहरीले दुई थान मोटरसाइकल र खुकुरी बरामद गरेको डीएसपी सुरज कार्कीले बताए । प्रहरीले खुकुरी प्रहार गर्नेहरुको खोजी तीव्र पारेको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार ००:००  ८ : ५१ बजे