१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापाकाे खुदुनाबारीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु




झापा । अर्जुनधारा नगरपालिका-२ स्थित खुदुनाबारी बजार नजिकै झेलेनीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

केहिबेर अघि खुदुनाबारीबाट बिर्तामोड तर्फ आउदै गरेको लु १ च ६८६३ नम्बरको मिनि ट्रक (हात्तीगाडी) संग मे ५ प ४४८५ नम्बरको स्कुटर ठक्कर खादा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिनुभयो।

दुर्घटनामा परी स्कुटर चालक अर्जुनधारा-२ गाजाबारीका अन्दाजी ३५ बर्षका याम भट्टराईको घटना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक न्यौपाने बताउनु भयो । दुर्घटनामा घाइते भएका स्कुटरको पछाडी सवार गाजाबारी कै अन्दाजी ३६ बर्षका रोशन लुङ्गेली मगरको उपचारको क्रममा बिर्तामोडको बि एण्ड सि अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो ।


हात्ती गाडीका चालक हेम बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मृत्यु हुने दुवैजना एकै गाउँका हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार ००:००  ४ : १५ बजे