२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु



झापा– महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० वर्षीय मुकेश चमार र ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो ।

दुवैजना मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन् । घाइते श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादवको उपचार भइरहेको छ ।

बाक्लो हुस्सुका कारण मोटरसाइकल चालकले एक–अर्कालाई नदेख्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार ००:००  ८ : ४८ बजे