१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मधेसवादी दलमा फेरि फुट : महताेले घोषणा गरे राष्ट्रिय मुक्ति क्रान्ति अभियान



झापा– केही समय मत्थर देखिएको मधेसवादी दलभित्रको फुट फेरि सतहमा आएको छ । नेता राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति अभियान सञ्चालन गर्ने घोषणा गरेपछि मधेसवादी दलभित्रको विवाद फेरि छताछुल्ल भएको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता रहेका महताेले सोमबार राष्ट्रिय मुक्ति क्रान्ति अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्त ठाकुरसहितका नेतासँग मिलेर लोसपा गठन भएको थियो ।

अध्यक्ष ठाकुरको कार्यशैलीप्रति तीव्र रुपमा असन्तुष्टि व्यक्त गरिरहेका महताेले अन्तत पार्टी परित्याग गरी नयाँ पार्टी घोषणा गरेका हुन् । महासचिव केशव झा लगायतका नेताहरूलाई उनले साथमा लिएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ००:००  ८ : ५८ बजे