बिर्तामोड-नेकपा एमालेले युवा नेता बसन्त बानियाँलाई ३ नम्वर क्षेत्रीय कमिटी इञ्चार्जको जिम्मेवारी दिएको छ । झापा ३(क) को इञ्चार्जमा सन्तलाल मेचे तोकिएका छन् ।
झापा ३ (ख) इञ्चार्जको जिम्मेवारी सोम पोर्तेलले पाएका छन् । एमाले झापाले आवश्यकता अनुसार पार्टीका नेता कार्यकर्ताका लागि जिम्मेवारी निर्धारण गरेको हो ।


















