९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

बिर्तामोड नगर अस्पतालमा स्त्री रोग तथा प्रसुति सेवा



बिर्तामोड-बिर्तामोड नगर अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा थप गरिएको छ । अस्पतालमा मंसिर ५ गतेदेखि यो सेवा सुरु गरिएको हो ।

शनिबार बाहेक हरेक दिन दिउँसो १ बजे देखि अपरान्ह ४ बजेसम्म सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुनिल अधिकारीले बताए ।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर शिवेश चौधरीले सेवा प्रदान गर्नेछन् । नगर अस्पतालमा रेविज विरुद्वको भ्याक्सिनसमेत उपलव्ध भएको छ । यो सेवा पनि शनिबार बाहेक उपलब्ध छ ।

नगरपालिकाले आवश्यक पूर्वाधार थप गर्दै क्रमश सेवा विस्तार गरिरहेको छ । नगर अस्पतालमा दैनिक ३ सय ५० जना भन्दा बढीले सेवा लिइरहेका छन् । अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा सञ्चालनको तयारी पनि भइरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार ००:००  ८ : ०२ बजे