१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कांग्रेस प्रतिपक्षमा बसेको टुलुटुलु हेर्न सकिन : मुख्यमन्त्री कार्की



बिर्तामोड–कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कांग्रेस प्रतिपक्षमा बसेको टुलुटुल हेर्न नसकेर आफू मुख्यमन्त्री बनेको बताएका छन् । आइतवार झापा कांग्रेसले गरेको स्वागत कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

कांग्रेस सांसदहरुले प्रतिपक्षी भएर पाँच बर्षसम्म संसदको कुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानले दिएको अधिकार बमोजिम आफू मुख्यमन्त्री भएको कार्कीले बताए । संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रुपमा बुझन् नहुने उनको तर्क छ ।

दुई पटकको पहलमा पनि कांग्रेसको नेतृत्वमा सरकार नबन्ने अवस्था आएपछि आफू मुख्यमन्त्रीका लागि उभिएको कार्कीले बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस कोसी प्रदेश समितिका सभापति उद्वव थापाले कानून मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका कार्कीलाई मुख्यमन्त्रीको रुपमा पाउनु पार्टी र कोसी प्रदेशका जनताका लागि गौरवको विषय भएको बताए ।

संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले सरकारको नेतृत्व गर्दैगर्दा प्रदेशलाई अधिकार सम्पन्न एवम् प्रदेश सरकार आवश्यक छ भन्ने जनभावना जागृत गराउने गरी कार्य गर्न सुझाव दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार ००:००  ६ : ३४ बजे