११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

सय मुरी धान फलाउँदा किसानलाई ५० हजार पुरस्कार



पाँचथर- छिमेकी मिक्लाजुङको सिको गर्दै पाँचथरको फाल्गुनन्द गाउँपालिकाले पचास मुरीभन्दा धेरै धान फलाउने किसानलाई नगद पुरस्कारसहित सम्मान गर्ने नीति ल्याएको छ ।

गाउँपालिकाले एक सय मुरीभन्दा धेरै धान फलाउनेलाई नगद ५० हजार र ५० मुरीदेखि एक सय मुरीसम्म फलाउनेलाई ३० हजार रुपैयाँ नगदसहित पुरस्कृत गर्ने नीति ल्याएको हो ।

गाउँपालिकाले पारित गरेको ‘धान उत्पादन कृषक प्रोत्साहन कार्यविधि–२०८०’ बमोजिम यसै आर्थिक वर्षदेखि किसानलाई पुरस्कार दिने नीति ल्याइएको प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताए ।

गाउँपालिकाले मंसिर ७ गते सूचना जारी गर्दै किसानलाई पुरस्कारका लागि दाबी पेस गर्न आह्वान पनि गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार ००:००  ९ : १४ बजे