७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

विद्युत् प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड



झापा- नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा आर्जन गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गरी प्राधिकरणले यो जानकारी दिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७९–८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको बताए ।

आर्थिक वर्ष ०७७–७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार ००:००  ५ : ३२ बजे