५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

एमाले अध्यक्ष ओलीले मागे प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा



झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका छन् । साथै, सरकारले सुनकाण्डबारे उच्चस्तरीय छानबिन समिति नबनाएसम्म एमालेले संसद् अवरोध नहटाउने उनले स्पष्ट पारेका छन् ।

राजधानीमा आइतबार पत्रकार सम्मेलन आयोजना गरेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको राजीनामा मागेका हुन् ।

‘प्रधानमन्त्री पनि यस्तो भ्रष्टाचारको चाङमाथि उभिएरभन्दा राजीनामा गर्नुपर्ने हो,’ विपक्षी दलका नेता ओलीले भने, ‘गृहमन्त्री र अर्थमन्त्रीले त राजीनामा नगरी कसरी बस्न सकेको ? त्यसमाथि गृहमन्त्रीले आफ्नो जिम्मेवारी बहन गरेर राष्ट्रिय झण्डा बोकेर हिँड्न लाज लाग्नुपर्ने हो ।’

अहिले विमानस्थलमा भएको एक क्विन्टल सुन प्रकरणमा सरकारको संलग्नता रहेको ओलीले दाबी गरे । उनले भने, ‘सुन प्रकरणमा सरकारी संलग्नताविना भन्सार छली गर्नेहरुले मात्रै गरेका हुन् त ? पत्याउनुहुन्छ तपाईंहरु रु जुनसुकै तहको होस्, सरकारको संलग्नताविना यो सम्भव छैन ।’

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार ००:००  ५ : २६ बजे