५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

इलाममा श्रीमानद्वारा श्रीमतीको हत्या



इलाम-इलामको माईजोगमाई-२ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गएराति १० बजे स्थानीय राधिका खतिवडाको हत्या भएको हो ।

श्रीमान पीताम्बर खतिवडाले राधिकाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राति हल्लाखल्ला भएपछि छिमेकी खतिवडाको घरमा पुगेका थिए ।

प्रहरी प्रमुख दिलीपकुमार घिमिरेले मृतककाे बायाँ गालाको भागमा दुईवटा गहिरो चोट लागेको बताए । प्रहरीका अनुसार घटनापछि पिताम्वरले पनि आत्महत्या गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार ००:००  ८ : ०८ बजे