झापा–हेटौंडामा चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । उपचारका क्रममा विरामी मृत्यु भएपछि चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले मृतककी श्रीमती र छोरीलाई पक्राउ गरेको हो ।
हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि कुटपिट गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
डेंगु संक्रमणको कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै आफन्तले बुधबार चिकित्सकमाथि हातपात गरेका थिए ।