बिर्तामोड-मदन भण्डारी स्पाेर्ट्स एकेडेमीकाे आयाेजनामा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।
काेसी प्रदेश अन्तरगत झापाको बिर्तामोडमा जेठ २७ र २८ गते राष्ट्रिय कराते प्रतियोगिता हुन लागेको हो ।
मदन भण्डारी स्पाेर्ट्स एकेडेमीका केन्द्रीय उपाध्यक्ष तुलसी मैनालीले पुरुष महिलाका विभिन्न ताैल समूहमा खेलाइने प्रतियोगितामा १९ वटा इभेन्ट रहने बताए ।
सभामुख देवराज घिमिरेले प्रतियोगिताकाे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा सात प्रदेश र आयाेजक टीम गरी आठ टीम सहभागी हुने छन् । प्रतियोगितामा खेलाडी र अफिसियल गरी २०० भन्दा बढीको सहभागिता रहनेछ ।
एकेडेमीका उपमहासचिव तथा पूर्वप्रमुख कराते प्रशिक्षक मदन उप्रेतीले प्रतियोगितामा कातासहित महिलातर्फ ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र ६१ केजीभन्दा माथिका इभेन्ट हुने बताए ।
पुरुषतर्फ कातासहित ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका इभेन्ट हुने छन् ।
प्रतियोगितामा प्रत्येक इभेन्टको स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले नगद १० हजार, रजत पदकले ७ हजार र कास्य पदक पाउने खेलाडीले ४ हजार, मेडल तथा प्रमाणपत्र पाउने छन् ।
उत्कृष्ट एक महिला र एक पुरुष तथा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटीले खेलमार्फत मदन भण्डारीका विचारलाई जनतासम्म लैजाने अभियानमा सबै लाग्नुपर्ने बताए ।
युवा पुस्ता दुर्व्यसनमा फस्दै गएको प्रति चिन्ता व्यक्त गर्दै शिवाकाेटीले खेलले खेलाडीलाई अनुशासनमा बाँध्ने बताए ।
यस्ताे छ पुरस्कार राशि
