१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

अख्तियारद्वारा नगर प्रमुख थापाविरुद्ध मुद्दा दायर



काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती नगरपालिका सर्लाहीका नगर प्रमुख भरतकुमार थापाविरुद्ध मुद्दा दायर गरेको छ ।

पदीय दुरुपयोग गरी पाँच वर्षमा पाँच करोड रुपैयाँ अतिरिक्त कमाइ गरेको जनाउँदै आयोगले थापाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मेयर थापाले पाँच वर्षको अवधिमा १३ करोड २० लाख रुपैयाँ आर्जन गरेकोमध्ये पाँच करोड ३३ लाख ५३ हजार रुपैयाँ गैरकानुनी ढंगले आर्जन गरेको देखिएको आयोगले जनाएको छ ।

मेयर थापाको अवैध आर्जनविरुद्ध मुद्दा दायर गर्दै आयोगले उनकी श्रीमती र भाइको नाममा रहेको गैरकानुनी सम्पत्ति जफत गर्न समेत मागदाबी गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार ००:००  ७ : ५१ बजे