७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

धनगढीमा आज समाजवादी मोर्चाको ‘सन्देश सभा’



झापा-समाजवादी मोर्चाले बुधबार कैलालीको धनगढीमा सन्देश सभा आयोजना गरेको छ । सुदूरपश्चिम प्रदेशको सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

सन्देश सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने छन् ।

मोर्चाले सातै प्रदेशमा सन्देशसभा गरिरहेको छ । १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा र २५ गते कोशीको विराटनगरमा सभा हुनेछ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ००:००  ७ : २६ बजे