बिर्तामोड-नेकपा माओवादी केन्द्रकी अभिभावक सीता दाहाललाई झापामा श्रद्धाञ्जलि अर्पण गरिएको छ । माओवादी केन्द्र झापाले पार्टी कार्यालयमा सोमवार श्रद्धाञ्जलि सभा आयोजना गरेको हो ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी दाहालको असार २७ गते निधन भएको थियो । पार्टीका झापा इञ्चार्ज झलकसिंह दलार्मीले दाहालको निधनप्रति दुःख व्यक्त गर्दै पार्टीले असल अभिभावक गुमाएको बताए ।
पार्टीका झापा जिल्ला समन्वय समिति संयोजक राजु आचार्य अग्निको अध्यक्षतामा भएको श्रद्धाञ्जलि अर्पण कार्यक्रमको सञ्चालन सचिव मोहन टुडुले गरेका थिए ।
शोक सभामा पार्टीका केन्द्रीय सदस्य पूर्णसिंह राजवंशी, लक्ष्मी न्यौपाने, भोजेन्द्र चौलागाईं लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
१० वर्ष लामो सशस्त्र द्वन्द्वको तयारी, द्वन्द्वको कठिन अवधिदेखि शान्ति प्रक्रिया हुँदै पार्टीलाई पटक–पटक सरकारको नेतृत्वमा पुर्याउन निःस्वार्थ योगदान दिने संघर्षशील नारीका रुपमा सीताको परिचय स्थापित छ ।