१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

घिउ र पाउडर दुध निर्यातमा अनुदान दिन माग



झापा-डेरी उद्योगीहरुले घिउ र पाउडर दुध निर्यातमा अनुदान दिन सरकारसँग माग गरेका छन् । कोशी प्रदेशमा दुध उत्पादन बढेसँगै घिउ र दुध पाउडर अत्याधिक स्टक रहेको भन्दै निर्यातको वातावरण बनाउन उद्योगीले अनुदान माग गरेका हुन् ।

डेरी उद्योगी–व्यवसायीहरुले घिउमा प्रतिकिलो २ सय रुपैयाँ र पाउडर दुधमा पनि त्यतिकै मात्रामा निर्यातमा अनुदान दिन माग गरेका छन् । तर, प्रदेश सरकारले भने त्यस विषयमा छलफल भइरहेको जनाएको छ ।

केही समय अगाडि झापा, मोरङ र सुनसरीका डेरी उद्योगीहरुले भारत र बंगलादेशमा घिउ तथा पाउडर दुध निर्यातका लागि बजारको खोजी गरेका थिए ।

तर, त्यहाँका व्यवसायीले घिउ ८ सय रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने बताएको जनाइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार ००:००  ८ : ३९ बजे