९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

मधेस प्रदेशमा राजस्व सङ्कलन निराशाजनक



जनकपुर-सरकारले मधेस प्रदेशबाट राजस्व सङ्कलनमा राखेको लक्ष्य निराशाजनक देखिएको छ । अवैध आयात निर्यातले अपेक्षाकृत रुपमा राजस्व संकलन हुन नसकेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पुसभित्र मधेस प्रदेशबाट १ खर्ब ५५ अर्ब ९९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।

पूर्व निर्धारित लक्ष्य हासिल गर्न मुस्किल परेको विभागले जनाएको हो । लक्ष्यको ६३ प्रतिशत अर्थात् ९८ अर्ब १३ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको छ ।

मधेस प्रदेशका छोटी भन्सार कार्यालयहरू धमाधम बन्द हुँदै जाँदा त्यसको प्रत्यक्ष प्रभाव राजस्व सङ्कलनमा परेको हो । सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करीका कारण पनि राजस्व सङ्कलन प्रभावित भएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार ००:००  १० : ४६ बजे