१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चामल बेच्न नजानेको प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति



झापा-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले राम्रो चामल पनि बेच्न नसकेको बताएका छन् । अरुले पिठो बेचिरहेको जनाउँदै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले राम्रो चामल बेच्ने मामिलामा पार्टी चुक्दै गएको
बताएका हुन् ।

माओवादी केन्द्रले आफ्नै नेतृत्वको सरकारले गरेको कामलाई राम्ररी प्रचार गर्न नसकेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आफनै पार्टीपंक्ति लक्षित अभिव्यक्ति दिएका हुन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार बुढानीलकण्ठमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘ ‘अरूले पिठो बेचे, माओवादीले राम्रो चामल पनि बेच्न नजानेपछि अपजस खेप्नु परिरहेको छ ।’

यसपालि जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय रूपमा पनि आफू नेतृत्वको सरकारले नेपाली जनताको पक्षमा ठूलो लडाइँ लडेको प्रधानमन्त्री प्रचण्डको जिकिर छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार ००:००  ७ : ३० बजे