१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कनकाई नगरपालिकाले घटायो ७५ प्रतिशतसम्म कर



बिर्तामोड-झापाको कनकाई नगरपालिकाले ७५ प्रतिशतसम्म करको दर घटाएको छ । नगरका राजनीतिक दल र सर्वसाधारणले कर घटाउन सुझाव दिएपछि नगरपालिकाले यसअघि प्रस्तावित करको दर घटाएको हो ।

नगरबासीको सुझावपछि ७५ प्रतिशतसम्म करको दर घटाइएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । करका लागि नागरिकलाई स्वघोषणा गर्न पाउने सुविधा हुँदा कतिपयले कर बढी तिनुपर्ने भयले जग्गाको वास्तविक अवस्था ढाँट्ने गरेका छन् ।

कनकाई नगरपालिकाले २० लाख सम्मको जग्गामा न्युनतम् ५००, २० लाखदेखि ३० लाख सम्मको लागि मालपोत तथा भूमिकर ७५० रुपैयाँ, ३० लाखदेखि ४० लाखसम्मको १००० रुपैयाँ, ४० लाखदेखि ५० लाख सम्मको २००० रुपैयाँ, ५० लाखदेखि ७० लाखसम्मको ३००० रुपैयाँ कर तोकेको छ ।

७० लाखदेखि १ करोडसम्म ५००० रुपैयाँ, १ करोडदेखि ५ करोडसम्मको प्रतिहजार ५० पैसाले आउने रकम कर तोकिएको र ५ करोडभन्दा माथि जति पनि रकमको जग्गा मालपोत र भूमिकरलाई प्रतिहजारमा ६० पैसा कर तोकिएको कनकाई नगरपालिकाका नगर प्रमुख पोखरेलले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ००:००  ७ : ०१ बजे