७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई दिइने राहत रकम बढाउने तयारी



झापा-रोजगारीका लागि विदेश गएका श्रमिकको मृत्यु भए पीडित परिवारलाई दिइने राहत रकममा बृद्धि गरिने भएको छ । सरकारले चालु आर्थिक वर्षदेखि राहत रकम बढाउने तयारी गरेको हो ।

राहत रकम बृद्धि गर्ने विषयमा आवश्यक कार्यविधि बनाएर लागू गर्ने तयारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले बताए ।

अहिले रोजगारीका लागि गएका श्रमिकले ज्यान गुमाए सरकारले राहतवापत सात लाख रुपैयाँ दिँदै आएको छ । अब यसलाई बढाएर १० लाखसम्म बनाउने सरकारी तयारी छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार ००:००  ७ : ४९ बजे