काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डको क्याबिनेटमा तीन जना मन्त्री थपिएका हुन् ।
सबै मन्त्री काङग्रेसले थपेको हो । विस्तारित मन्त्रिपरिषद्मा काङग्रेस उपसभापति धनराज गुरुङ कानून मन्त्री बनेका छन् ।
मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् भने डिगबहादुर लिम्बूले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने भएका छन् ।
यसअघि काङग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, एनपी साउद परराष्ट्र, रमेश रिजाल वाणिज्य र सीता गुरुङ शहरी विकास मन्त्री भएका थिए ।