मेचीनगर– झापाको मेचीनगर-५ घोडादिनस्थित भित्री पक्की सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
शनिबारराति घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्वरको बुलेट मोटरसाइकलको ठक्करबाट स्थानीय देवीमाया बिकको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट ६ वर्षीया निशा बिक घाइते भएको प्रहरीले जनाएको छ । देवीमायाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनापछि मोटरसाइकल भेटिए पनि चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।