१ असार २०८२, आइतबार | Sun Jun 15 2025

साहित्य चौतारीद्वारा राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना



बिर्तामोड-साहित्य चौतारी झापाले आफ्नो रजत महोत्सवको अवसरमा राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिबार बसेको चौतारीको बैठकले यस्तो निर्णय गरेको हो ।

२०८१ असार ३१ गते चौतारीको वार्षिक उत्सव एवम् रजत महोत्सवका अवसरमा कविता प्रतियोगिता आयोजना गरिएको साहित्य चौतारीले जनाएको छ ।

साहित्य चौतारीले आगामी वैशाख १ गतेसम्म इमेलमार्फत वा बिर्तामोडस्थित कार्यालयमा आएर कविता उपलब्ध गराउन स्रष्टा सर्जकलाई सार्वजनिक रुपमा अपिल पनि गरेको छ ।

गद्य वा पद्य जेमा भए पनि बढीमा १८० शब्द सम्मको कविता स्वीकार्य हुने साहित्य चौतारीद्वारा जारी सार्वजनिक सूचनामा जनाइएको छ । उत्कृष्ट कविताले २०,१०० पुरस्कार प्राप्त गर्नेछ ।

द्वितीय हुनेले १५,१००, तृतीय हुनेले १०,१०० र सान्त्वना हुनेले ५,१०० रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार ००:००  ८ : ४९ बजे