बिर्तामोड-राधाकृष्ण भजन कीर्तन मण्डली बिर्तामोड–१ को अध्यक्षमा पूजा काफ्ले चयन भएकी छन् । शनिबार बिर्तामोडमा भएको तेस्रो साधारणसभाले आगामी दुईवर्षे कार्यकालका लागि काफ्लेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
काफ्ले यसअघि सचिवको पदीय जिम्मेवारीमा थिइन् । कीर्तन मण्डलीको उपाध्यक्षमा हिमादेवी कडरिया, सचिवमा रीता प्रसाई, सह सचिवमा पुष्पा अधिकारी, कोषाध्यक्षमा लीलादेवी संग्रौला, सह कोषाध्यक्षमा मेनुका श्रेष्ठ चयन भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि खिवलाल अधिकारीको संयोजकत्वमा सुचित्रा धौराली र रुद्र संग्रौला रहने गरी निर्वाचन समिति गठन गरिएको थियो ।
कीर्तन मण्डलीको सदस्यहरुमा कल्पना घिमिरे, जमुना संग्रौला, गोमा कुँवर, हिमादेवी पौडेल, रोमा तिवारी चयन भएका छन् ।
त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा अध्यक्ष सीता गिरीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।