१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पहिचान पक्षधर समूहले बिर्तामोडबाट मेटाए कोसी प्रदेश शब्द



बिर्तामोड- पहिचान पक्षधर समूहले बिर्तामोड नगरपालिकाको कार्यालयमा लेखिएको कोसी प्रदेश शब्द मेटिदिएको छ । कार्यालयको बोर्डमा लेखिएको शब्द मेटेर पहिचान पक्षधर समूह हिँडेको हो ।

कालो झण्डा बोकेर आएको समूहले कोसी प्रदेश शब्द मेटेको नगरपालिका कार्यालयले जनाएको छ । बिहान १० बजे पहिचान पक्षधर समूह नगरपालिका कार्यालयमा प्रवेश गरेको थियो ।

कोसी प्रदेश लेखिएको शब्द मेटाएर उक्त समूहले प्रदेश १ नाम लेखेको छ । वडा कार्यालयको बोर्डबाट पनि उक्त समूहले कोसी प्रदेश हटाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार ००:००  २ : ४५ बजे