१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा गोल्डकपकाे सदस्य बन्दा महिलालाई ५० प्रतिशत छुट



बिर्तामाेड– झापा गोल्डकप आयोजक समितिले सदस्यता लिँदा महिलालाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । सदस्यता विस्तारको अभियानलाई तीव्र बनाउँदै आयाेजक समितिले यस्तो निर्णय गरेको हो ।

झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले महिलाहरुलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको बताउनु भयोे । अहिले झापा गाेल्डकपले सदस्यता बापत २१ हजार रुपैयाँ लिँदै आएको छ ।

प्रतियोगिताको छैटौँ संस्करण फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुँदैछ । यो संस्करणमा कम्तीमा एक सयजना महिला सदस्य संख्या थप गर्ने लक्ष्य राखिएको छ ।

यसअघि सदस्यता लिइसकेका सदस्यहरुको नवीकरण कार्य पनि जारी रहेको गोल्ड कपका महासचिव गजेन्द्र पौडेलले जानकारी दिनुभयो ।  

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार ००:००  ६ : ०१ बजे