झापा- नेकपा माओवादी केन्द्र कोसी प्रदेश नामकरणको मुद्दाबाट पछाडि हटेको छ । यसअघिको आफ्नै निर्णयमाथि माओवादी केन्द्रले पुनर्विचार गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले पहिचान पक्षधर राजनीतिक कित्तामा उभिने निर्णय गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोसी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामकरणको वेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बताएका छन् ।
‘प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोसी प्रदेश नामकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको छ’, महराले भने, ‘हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ । पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो, त्यतिखेर अलिकति कमजोरी भएको छ ।’