१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अध्यक्ष ओलीको प्रस्तावले गठबन्धन बैठक निष्कर्षविहीन



काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा आफूहरूलाई समेत सहभागी गराउन प्रस्ताव गरेपछि सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा आफूहरूलाई जिरो नबनाउन एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेको भन्दै सत्ता गठबन्धनका नेताहरूले थप छलफल गरेर अगाडि बढ्ने निष्कर्ष निकालेका छन् ।

राष्ट्रिय सभाको निर्वाचनको विषयलाई लिएर बुधबार सत्ता गठबन्धनको बैठक बसेको थियो । एमाले अध्यक्ष ओलीको प्रस्तावपछि गठबन्धन थप प्रष्ट हुन खोजेको नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बताए ।

माघ ११ गतेदेखि राष्ट्रिय सभामा एमालेका नौ सिट रिक्त हुँदैछन् । बाँकी सिटमा स्पष्ट भए पनि नौ सिटमा टुङ्गो लाग्न बाँकी रहेको नेता पाण्डे बताउँछन् ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार ००:००  ७ : ३० बजे