१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

चीज र घ्यू बिक्री भएन, इलामेली किसान चिन्तित



झापा-इलाममा उत्पादन भएको चीज र घ्यूले बजार नपाउँदा उत्पादकहरु समस्यामा परेका छन् । अधिक उत्पादन र न्यून बिक्रीको समस्या भोग्ने अवस्थामा आएपछि उनीहरुले बजारको चिन्ता गर्न थालेका हुन् ।

चाडपर्वको समयमा पनि नौंनी घ्यू र चीज अपेक्षाभन्दा थोरै बिक्री हुँदा इलामका डेरी उद्योगहरु समस्यामा परेका छन् । डेरी उद्योगहरुले ६ महिनायता घ्यू र चीज स्टोरमै थन्क्याएर राखेका छन् ।

इलाममा डेढसय बढी डेरी उद्योग सञ्चालनमा छन् । सबै डेरीहरुले किसानबाट दुध संकलन गरी घ्यू, चीज र छुर्पी उत्पादन गर्दै आएका छन् । तर, पछिल्लो समय छुर्पी बाहक अन्य उत्पादनको बिक्री निराशाजनक छ ।

अधिकांश डेरीहरुमा कम्तिमा पाँच हजार किलोदेखि १८ हजार किलो नौंनी र चीजको ‘स्टक’ रहेको दुग्ध व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष जगत महतले वैशाख महिनायता घ्यू र चीज बिक्री हुन नसकेको बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ००:००  ९ : १८ बजे