चितवन-कपिलवस्तुबाट काठमाडौँ जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। घटनामा ३३ यात्रुको जीवितै उद्धार गरिएको छ।
लु २ ख २१ २१ नम्बरको यात्रुबाहक बस बिहान धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीबाट त्रिशुली नदीमा खसेको हो ।
घटनाका घाइतेलाई गजुरी अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताउनुभयो ।
विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमाण्डमा ६ जना गोताखोर सहित २० जनाको टोली उद्धारका लागि खटाइएको छ ।
मृतक र घाइतेको पहिचान खुलेको छैन । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।