२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु



दैलेख–दैलेखको नौमूले गाउँपालिका–४ मा श्रीमान श्रीमतीबीच झगडा हुँदा श्रीमानको ज्यान गएको छ । कालिका गाउँका ३८ वर्षीय भीमबहादुरको ज्यान गएको हो ।

प्रहरीका अनुसार गएराति भीमबहादुर र श्रीमती ३५ वर्षीया सीता योगीबीच झगडा भएको थियो । सीताले श्रीमानलाई पन्यूँ र दाउराले प्रहार गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले घटनापछि सीतालाई पक्राउ गरिएको बताएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ००:००  ८ : ३९ बजे