५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

सभामुखलाई राजीनामा गराएर थापा दोस्रोपटक मुख्यमन्त्री नियुक्त



झापा-कोशीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमको समेत समर्थनमा २१ असारमा थापा मुख्यमन्त्री बनेका थिए ।

११ असारमा सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका थापा मंगलबार उनै सभामुख गौतमलाई राजीनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुनः सुरु गर्न परमादेश दिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार ००:००  ९ : ३४ बजे