१ असार २०८२, आइतबार | Sun Jun 15 2025

‘स्थानीय तहसँगको टसल वाणिज्य संघको मुख्य एजेण्डा’



बिर्तामोड-नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वले स्थानीय तहसँगको टसललाई मात्रै आफ्नो मुख्य एजेण्डा बनाउँदा व्यवसायिक हितमा अपेक्षित काम गर्न नसकेको बताएका छन् ।

झापाको बिर्तामोडमा आफ्नो पार्टी निकटका उद्योगी व्यवसायीको विस्तारित भेलालाई बुधवार सम्वोधन गर्दै नगर कमिटी अध्यक्ष भट्टराईले आफूलाई स्थानीय तहको हाराहारीमा राखेर वाणिज्य संघको नेतृत्वले निरन्तर अहमता देखाइरहेको बताएका हुन् ।

संघको नेतृत्वका कारण तीनै तहका सरकारसँग समन्वय हुन नसकेको भन्दै नगर अध्यक्ष भट्टराईले करका मामिलामा प्रभावकारी अडान र व्यवसायिक हितका पक्षमा उभिन नसक्दा आम व्यवसायीले दुःख पाएको बताए ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार ००:००  ८ : ५२ बजे