२ असार २०८२, सोमबार | Tue Jun 17 2025

नेकपा एमालेले बोलायो सचिवालय बैठक



काठमाडौँ-पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । शुक्रबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको हो ।

नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा भएको सहभागिता र गठबन्धनबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

नेपाली कांग्रेससँगको गठबन्धन भत्किएर नयाँ राजनीतिक समीकरण बनेपछि सत्तारुढ भएको एमाले नयाँ गठबन्धनमा प्रमुख घटकका रूपमा छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार ००:००  १० : ११ बजे